Lumbini Rise

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका आकांक्षी मधु अर्यालले आफू चुनाव हुन लागेको क्षेत्रले खोजेको उम्मेदवार भएको बताएका छन् । 

पार्टीको क्षेत्रीय सभापति समेत रहेका अर्याल पार्टी स्थापनाकालदेखि निरन्तर रुपन्देही ३ मा  संगठन निर्माणमा खटेको, क्षेत्रका समस्या र सम्भावना राम्ररी पहिचान गरेकाले आफूले टिकट पाए क्षेत्रलाई कायापलट बनाउने ‘भिजन’ तयार गरेको बताए ।

रास्वपालाई रुपन्देही–३ मा संगठन विस्तारमा नेतृत्वदायी भूमिका खेलेका उनले शुरुमा ५ सय पार्टी सदस्य रहेकामा आफू क्षेत्रीय सभापति भएपछि करिब २८ सय जना पार्टी सदस्य पुगेको उनले बताए । तिनै आकांक्षाी अर्यालसँग पत्रकार विनाेद परियारले भिडियो अन्तरवार्ता गरेका छौं ।  

 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update