Lumbini Rise
नेपाल अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ ।बिहीबार जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले १९।५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

 साउथ अस्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन बनाए । यस्तै होगन बोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाए। बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए।

नन्दन यादवले दुई तथा कप्तान रोहित पौडेलले एक विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४६ रन बनाएको थियो ।

 नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन जोडे।

 बलिङमा साउथ अस्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मेनेन्टीले दुई दुई तथा म्याकफाडेन र मेन्जिसले एक एक विकेट लिए। टप एन्ड टी–२० सिरिजका लागि अस्ट्रेलिया पुगेको नेपाल सिरिजको समूह चरणबाट बाहिरिएको थियो ।

सिरिजपछि नेपालले साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेलेको हो । नेपालले यसअघि स्थानीय क्यापिटल टेरिटोरी ९एसिटी०विरुद्ध टी–२० अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update