-1756608875.jpg)
काठमाडौं - साफ यू १७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज भुटानसँग खेल्दैछ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार दिउसो ५: ४५ बजेदेखि शुरु हुदैछ ।
आजै दिउसो २: ४५ मा भारत र बंगलादेश पनि खेल्दैछन् ।साफ यू(१७ महिला च्याम्पियनसिपको उपाधि भारतले जितिसकेको छ । भारत ५ खेलमा अपराजित रहदै च्याम्पियन बनेको हो ।
नेपालले यसअघि खेलेको पहिलो खेलमा भारतसँग ७(० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले हारेको थियो भने चौथो खेलमा बंगलादेशसँग ४-१ गोल अन्तरले हारेको थियो ।
त्यस्तै पाँचौं खेलमा भारतसँग ५-० ले हार बेहोरेको थियो ।त्यस्तै भुटानले अहिलेसम्म खेलेका ५ खेलमा एक खेल बराबरी खेलेको छ भने ४ खेलमा हार बेहोरेको छ ।
भुटानले पछिल्लो खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोकेको थियो ।झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ ।डिफेन्डरस् दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक ।मिडफिल्डरस् डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल ।फरवार्डस् अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल ।