Lumbini Rise
आरएस रिसोर्ट महिला लिगमा छनोट

काठमाडौँ-आरएस रिसोर्ट एन्ड बिच फुटबल एन्फा महिला लिगमा छनोट भएको छ ।च्यासल रङ्गशालामा बिहीबार भएको खेलमा स्टुडेन्स फुटबल क्लबलाई ४–१ गोलले हराउँदै आरएस स्पोर्ट्स क्लब लिगमा छनोट भएको हो ।

आरएस रिसोर्टको जितमा सरिता विकेले दुई गोल गरीन । विपना परियार र सलिना सरुले एक एक गोल गरे । स्टुडेन्सकी बसन्ती खुलालले सान्त्वना गोल फर्काइन।

जितसँगै समूह ‘ए’ को शीर्षस्थानमा रहेको आरएस रिसोर्टले ६ खेलबाट १५ अङ्क बनाएको छ । छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूहको शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थानमा रहने दुई टोलीबिचको प्लेअफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ । 

 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update