-1753452230.jpg)
बुटवल– रुपन्देहीका निजि विद्यालयका संगठन प्याप्सन, एनप्याप्सन र हिसानले देशको पछिल्लो अवस्थालाई मध्यनजर गरी विहिबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनाल, नेश्नल प्याप्सनका अध्यक्ष बाबुराम बन्जाडे, र हिसान रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर न्यौपानेले मंगलबार संयुक्त विज्ञप्ती जारी गरी भदौ २६ र २७ गते विद्यालयहरु बन्द रहने निर्णय गरेको जनाएका हुन् ।
हाल देशभर निषेधाज्ञा तथा कर्फ्यू चलिरहेको साथै नेपाली सेनाले निरंतर सुरक्षा दिइरहेको यो विषम परिस्थितिका कारण विद्यालय सञ्चालन गर्न कठिनाई रहेको विद्यालय बन्द गर्नुपरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘विद्यार्थी, अभिभाबक तथा सम्पूर्ण शैक्षिक परिवारको सुरक्षा हाम्रो पहिलो प्राथमिकता भएकोले हामी यो निर्णय गर्न बाध्य भएका छौ’ विज्ञप्तीमा भनिएको छ ।
साथै उनीहरुले सबैले संयमता र धैर्यताका साथ सामाजिक शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ । साथै सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज तथा सरोकारवाला सबै पक्षहरूलाई शान्त, संयमित र सहज वातावरण निर्माणमा सहयोग गर्न आह्वान गरेको छ ।
विज्ञप्तीमा आन्दोलनका क्रममा अकल्पनीय रुपमा दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।