
बुटवल- नेपालीहरुको महान पर्व वडादशैैको अवसरमा सम्भावित रगतको अभावलाई मध्यनजर गरी क्यानन माध्यमिक विद्यालय बुटवलले रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल नियमिति रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीसँगको सहकार्यमा विद्यालय प्राङगणमा बुधबार रक्तदान गरिएको हो। सामाजिक अभियान्ता अर्जुन भुसालको बिशेष उपस्थितीमा रक्तदान कार्यक्रम गरिएको हो ।
उक्त अवसरमा विद्यालयका प्राचार्य शंकर भण्डारीले नेपालमा दशैंको अवसरमा रगतको अभाव हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न रक्तदान कार्यक्रम गरिएको बताए ।
उनले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई रक्तदानमा सहभागी गराउन प्रेरित गर्न समेत कार्यक्रम गरिएको बताए ।
रक्तदान कार्यक्रमसँगै विद्यार्थीहरुलाई दशैंको अवसरमा शूभकामना प्रदान कार्यक्रम गरिएको विद्यालयका सहप्रचार्य विष्णु प्रसाद न्यौपानेले बताए । कक्षा ११ र १२ का ६० बढि विद्यार्थीहरुको परीक्षण गरिएकोमा २२ यूनिटक रगत संकलन भएको प्लस टु संयोजक पवन बस्याललले जानकारी दिए ।