Lumbini Rise
रुपन्देहीमा पहिलो पटक जिल्लास्तरीय चित्रकला प्रतियोगिता, क्याननका आर्यन भए प्रथम 

 

बुटवल– नेपाल व्यवासायिक कलाकार संघका रूपन्देहीको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय लाईफ स्टिल चित्रकला प्रतिगिता शुक्रबार बुटवलमा सम्पन्न भएको छ । रूपन्देही जिल्लाका सामुदायिक तथा नीजि गरी १६ विद्यालयका विद्यार्थीहरुले कालिका मानवज्ञान माविमा भेला भएर प्रत्यक्ष रुपमा चित्र हेर्दै स्थिर अर्थात लाईफ स्टिल पेन्टीङ गरेका हुन् ।

प्रतियोगितामा क्यानन माविका आर्यन परियार प्रथम हुन सफल भएका छन् । यसैगरी प्रतियोगितामा पामिर ईन्टरनेश्नल एकेडेमिका एलिश पाण्डे द्धितिय,  गार्गी एकेडेमीका पास्ना अधिकारी तृतिय भए भने न्यू होराईजन माविका दिप्सा कर्माचार्य सात्वना भईन । उत्कृष्ट भएका विद्यार्थीहरुलाई नेपाल व्यवसायिक कलाकार संघका केन्द्रीय उपाध्यक्ष एचवि रम्तेलले  नगद सहित प्रमाणपत्र र मेडल प्रदान गरे । 

प्रतियोगितामा बोल्दै प्रमुख अतिथि रम्तेलले विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई लाईफ स्टिल पेन्टिङले कलाप्रतिको भोग सुरुवात गराएको बताउँदै अब निरन्तरता दिन आग्रह गरे । उनले विद्यार्थीहरुलाई एकै ठाउँमा भेला पारेर अगाडि देखिएको दृश्यलाई उतार्नु आफैमा ठूलो उपलब्धी भएको बताए । 

नेपाल व्यवासायिक कलाकार संघका रूपन्देहीका अध्यक्ष दिलिप रसालीले संघको स्थापना दिवस तथा राष्ट्रिय विभुति कलाकार अरनीको स्मृति दिवसको सन्दर्भमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता गरिएको बताए । उनले प्रथम पटक गरिएको प्रतियोगिता निकै सकरात्मक रहेको बताए । उनले आगामि दिनमा थप बृहत बनाउँदै लगिने बताए ।

कार्यक्रममा कालिका मानवज्ञान मावि शिक्षा मानविकि संकायका ईन्चार्ज बिमल आत्रेय, संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार बेनप्रसाद थापा, प्राज्ञ यमहादुर थापा, शिक्षक विशाल थापा, सह–सचिव राजु खड्का, सहभागितको तर्फबाट विद्यार्थी शान्ति नमूना नविन रावतले बोलेका थिए । 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update