बुटवल - बुटवल १२ स्थित नयाँगाउँ माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा शुक्रबार नै भारतीय राजदुतावासको साढे ४ करोड आर्थिक सहयोगमा निर्माण हुने भवनको सिलान्याश तथा भवनको उद्धघाटन समेत छ । उक्त सहयोग मध्य १० प्रतिशत लगानी बुटवल उपमहानगरपालिकाको रहेको छ ।

भवनको शिलान्यास तथा उद्धघाटन बुटवल उपमहानगरपलिकाका प्रमुख खेलराज पाण्डेय र भारतीय राजदुतावासका प्रथम सचिव सुमन शेखरले गरे । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेले विद्यालयको भवन निर्माणका लागि सहयोग गरेकोमा धन्यवाद दिँदै लगनी खेर नजानेमा ढुक्क हुन आग्रह गरे । विद्यालयको भवन निर्माणका लागि १४ पटकसम्म आफु विभिन्न निकायमा जानु परेको समेत प्रमुख पाण्डेयले बताए ।
साथै प्रमुख पाण्डेयले बुटवल शिक्षामा देशभरीमा नै अब्बल रहेकोले बुटवलको शिक्षा गुणस्तरीय रहेको बताए । बुटवल उपमहानगरपालिकाले पनि शिक्षालाई विशेष प्राथमिकतामा राखेर सोही अनुसार काम गर्दै आइरहेको बताए ।
यस्तै भारतीय राजदुतावासका प्रथम सचिव सुमन शेखरले आफुहरु नयाँगाउँ माविको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । साथै उनले आफुहरु गरेको सहयोग सहि रुपमा प्रयोग गर्न समेत आग्रह गरे ।
विद्यालयका अध्यक्ष पुरुषोत्तम बस्यालले नयाँगाउँ मावि सामुदायिक विद्यालय मध्य अब्बल नै रहेको बताए । विद्यालयले एसइइ परीक्षामा ४ जीपिए समेत ल्याएको बताउँदै विद्यालयलाई अझ उत्कृष्ट बनाउन आफु लागि रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले सिमित स्रोत र साधनका बाबदुज पनि विद्यालयले उत्कृष्ट नजिता हाँसिल गर्न सफल भएको बताए ।
विद्यालयले आफ्नो ६३ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम समेत गरेको थियो । विद्यालयले जुनियर तर्फ स्पुन रेस, म्युजिक चियर रेस, स्विट रेस, क्विज, हट पोटाटो, गणित दौड, सिगो धागो दौड, बेलुन बलास्टर, बेलुन डान्स, ज्याकेट रेस प्रतियोगिता भएको खेल संयोजक टिकारा शर्माले बताए । ।
यस्तै सिनियर तर्फ अन्तर सदनात्मक फुटबल, भलिबल, बास्केटबल, कुर्चि दौड, क्रिटेक, लगायतका खेलकुदका गरेको उनले बताए ।
वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुदका विधामा उत्कृष्ट भएकालाई पुरस्कार वितरण तथा २० जना असल तथा जेहेन्दार विद्यार्थीहरुलाई सम्मान गरिएको लेखापाल प्रकाश भट्टराईले बताए ।
शिक्षक रामप्रसाद बन्जाडे संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य साहयक प्रधानाध्यापक विष्णुप्रसाद काफ्लेले राखेका थिए ।


