Lumbini Rise
कालिका मानवज्ञान माविको अध्यक्षमा पुन: नित्यानन्द ज्ञवाली

बुटवल- देशकै सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

विद्यालयमा भएको अभिभावकहरुको भेलाबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । भेलाबाट पुन नित्यानन्द ज्ञवालीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

भेलाबाट वडा प्रतिनीधीको रुपमा वडा नम्बर १० का अध्यक्ष बलबहादुर पुनलाई पदेन सदस्यको रुपमा चयन गरिएको छ। यस्तै सदस्यको रुपमा सुमित्रा बराल, यमुना काउचा, तेजेन्द्र खनाल, खुमानन्द भण्डारी र टिका ओली चयन भएका हुन । नयाँ गठन भएको समितिको सदस्य सचिवमा प्रधानाध्यापक दिनेश थापा रहेका छन् ।

नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित नित्यानन्द ज्ञवाली यो भन्दा पहिला विद्यालयको सफल नेतृत्व गरिसकेका अध्यक्ष हुन ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update