Lumbini Rise
लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ शुरु



लुम्बिनी- लुम्बिनीमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ शुरु भएको छ । बुधबारबाट सुरु भएको सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन ।

उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी केवल ऐतिहासिक र पुरातात्विक स्थल नभई विश्व शान्तिको सन्देश फैलाउने पवित्र भूमि भएको बताए । उनले लुम्बिनीको संरक्षण, प्रचारप्रसार र दीगो विकासका लागि सबै तहका सरकार, सरोकारवाला र अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

`बुद्धको जन्मभूमि लुम्बिनीलाई अध्यात्म, अनुसन्धान, पर्यटन र अन्तर्राष्ट्रिय शान्तिको केन्द्र बनाउनु हाम्रो साझा जिम्मेवारी हो´ मुख्यमन्त्री आचार्यले भने -`लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सबैले हातेमालो गर्नु पर्छ ।´

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग, युनेस्को काठमाडौं र इकाेमस नेपालको प्राविधिक सहयोगमा सम्मेलन आयाेजना गरिएको हाे ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी पुरातात्विकसँगै धार्मिक केन्द्र पनि रहेकाले यसकाे संरक्षण पनि त्यसै अनुसार गर्नुपर्नेमा जाेड दिए ।

WhatsApp-Image-2025-04-23-at-6.44.17-PM-1745426321.jpeg
 

सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा बुद्धको जन्म इसा पूर्व ६२३ मा भएको ऐतिहासिक प्रमाण अशोक स्तम्भमा उल्लेख छ । सम्मेलनमा लुम्बिनीको पुरातात्विक महत्व, संरक्षण, अनुसन्धान र तीर्थयात्रासम्बन्धी विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न सत्रहरूमा विभिन्न वक्ताले विचार प्रस्तुत गर्ने छन् । सम्मेलनले लुम्बिनीको संरक्षण र प्रवर्द्धनमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ । सम्मेलनले निकालेकाे निष्कर्षलाई तीन तहका सरकारले कार्यान्वयन गर्ने र साझा याेजना निर्माण गर्नुपर्नेमा उद्घाटन सत्रमा जाेड दिइएको छ ।

सम्मेलनमा दुर्हाम विश्विल्यालयका प्राेफेसर कानिङघम सहितका विज्ञहरु सहभागी छन ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update