Lumbini Rise
ब्रिटिश म्यानेजमेन्ट कलेजले मनायाे बार्षिकाेत्सव, नवआगन्तुक विद्यार्थीलाई स्वागत 

 

बुटवल- बुटवलस्थित ब्रिटिश म्यानेजमेन्ट कलेजले वार्षिकउत्सव तथा नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा आईक्यान बुटवल शाखा प्रमुख खेमेन्द्र रानाको उपस्थिति रहेको थियो।

कार्यक्रममा कलेजका एमडी सुशील कुँवर, सीए प्रेम सुवेदी, बुटवल कालिका क्याम्पसका प्रिन्सिपल घनश्याम पाठक, कलेजका अध्यक्ष शालिकराम पौडेल तथा निर्देशक रोशन नेपालले सम्बोधन गरेका थिए। स्वागत मन्तव्य सीए क्याप–२ की विद्यार्थी सुजाता विकले व्यक्त गरेकी थिइन्। कलेजका प्रधानाध्यापक सुशील कुँवरले शैक्षिक गुणस्तर र विद्यार्थीको उज्ज्वल भविष्यका विषयमा धारणा राख्नुभयो।

सो अवसरमा उत्कृष्ट उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा सीए क्याप–१ बाट   नेपाल चौथो स्थान हासिल गर्ने खुशी थापा, एसीसीएमा नेपाल तेस्रो स्थान ल्याउने कोपिला न्यौपाने तथा नेपाल पहिलो स्थान हासिल गर्ने विकास भण्डारी रहेका थिए।

उनीहरूलाई सम्माानपत्रले सम्मान गरिएकाे थियाे । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न कला समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update