नेपालका लागि म्यानमरका राजदूत थान सीनद्धारा लुम्बिनी भ्रमण
लुम्बिनी - नेपालका लागि संघीय गणराज्य म्यानमारका राजदूत थान सीनले लुम्बिनी भ्रमण गरेका छन् । सोमबार कूटनीतिज्ञहरू प्रथम सचिव ई ई खिन, र खिन सु म्याट नाइङ सहित लुम्बिनी आएका उनिहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ, कार्यकारीणी सदस्य श्याम रोक्का पदाधिकारी र कर्मचारीहरुले स्वागत गरे ।
राजदूत सीनले लुम्बिनीको धार्मिक तथा ऐतिहासिक महत्वको बारेमा जानकारी लिएका थिए । राजदूत सहितको प्रतिनिधि टोलीले भ्रमणको क्रममा मायादेवी मन्दिर, रामग्राम र म्यानमारको विहार लगायत प्रमुख स्थलहरू अवलोकन गरेका थिए।
भ्रमणको क्रममा राजदुत सीले लुम्बिनी विकास कोषले भविष्यमा पनि नेपाल– म्यानमारबीच सांस्कृतिक आदानप्रदान र सहयोगका कार्यक्रम निरन्तर जारी रहने विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२ २०:५९
प्रतिक्रिया दिनुहोस्

