Lumbini Rise
रुपन्देही क्षेत्र नं. ३ :  १ लाख ४० हजार बढी मतदाता, ३६ उम्मेदवारमध्ये २ जना मात्रै महिला 

बुटवल - प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रुपन्देही क्षेत्र नं. ३ मा कुल १ लाख ४० हजार ३५ मतदाता रहेका छन्। निर्वाचन आयोग, नेपालका अनुसार पुरुष मतदाता ७१ हजार २५८ (५०.८९प्रतिशत) र महिला मतदाता ६८ हजार ७७५ (४९.११प्रतिशत) रहेका छन् भने अन्य मतदाता २ जना रहेका छन्।

यस निर्वाचन क्षेत्रमा ४६ मतदान स्थल र १५७ मतदान केन्द्र तोकिएका छन्। उम्मेदवारतर्फ कुल ३६ जना प्रतिस्पर्धामा छन्। तीमध्ये ३४ जना पुरुष र २ जना महिला उम्मेदवार रहेका छन्।

राजनीतिक दलबाट १९ जना तथा स्वतन्त्रबाट १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। समावेशी विवरणअनुसार खस/आर्य समुदायका उम्मेदवार ३६.११ प्रतिशत रहेका छन् भने आदिवासी/जनजाति २२.२२प्रतिशत, मुस्लिम १९.४४ प्रतिशत, मधेसी १६.६७प्रतिशत, दलित २.७८प्रतिशत र थारू २.७८प्रतिशत  रहेका छन्।

यहाँ प्रमुख राजनीतिक दलहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। रुपन्देही क्षेत्र नं. ३ यस पटक रास्वपाले टक्कर दिएको छ । 

याे पनि पढनुहाेस् 

रुपन्देही क्षेत्र नं २ : पुरुष भन्दा महिला मतदाता धेरै, ३९ उम्मेदवार छन् मैदान

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update