एसइई तयारी पूरा, चैत १९ देखि परीक्षा सुरु
भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। परीक्षा चैत १९ गतेदेखि देशभर बिहान ८ बजेदेखि एकै समयमा सुरु हुनेछ।
यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुनेछन्, जसमा छात्राको सङ्ख्या बढी रहेको छ। देशभर १,९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ भने अन्य विषयहरू क्रमशः तालिकाअनुसार सञ्चालन गरिनेछ।
बोर्डले यसपटक परीक्षा हलभित्र सामूहिक अनुगमनमा रोक लगाएको छ। अनुगमन बाहिरबाट मात्र गरिने व्यवस्था गरिएको छ।
प्रश्नपत्र सबै जिल्लामा सुरक्षित रूपमा पुर्याइसकिएको छ भने प्रत्येक केन्द्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने बोर्डले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२ १९:५७
प्रतिक्रिया दिनुहोस्


