
भैरहवा– विगतका वर्षझै यस वर्ष पनि लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ (बीआईटीएम) हुने भएको छ । २०८२ जेठ ९, १० र ११ गते दिन काठमान्डौं र लुम्बिनीमा आयोजना हुने मार्ट कसरी सञ्चालन गर्ने भन्ने विषयमा नेपाल एशोयिसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट ९नाट्टा ० केन्द्रले लुम्बिनीमा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
नाट्टा लुम्बिनी प्रदेश र बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट लुम्बिनी प्रदेशका पदाधिकारीबीच भएको छलफलमा नाट्टा केन्द्रिय अध्यक्ष कुमारमणि थपलियाले विगतका वर्ष भन्दा यस वर्ष अझ व्यवस्थित गर्ने गरी सरोकारवालासँग छलफल गरिरहेको बताए ।
अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त स्वदेशी तथा विदेशी ट्राभल्सहरुको सहभागीता रहने मार्ट नेपालको पर्यटन प्रवद्र्धनमा विशेष योगदान दिने तेस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्टका संयोजक जिस्वा तुलाधार श्रेष्ठले बताइन् ।
छलफलमा पर्यटन विकास परिषद लुम्बिनी प्रदेशका सदस्य तथा होटल व्यवसायी महासंघ, नेपालका केन्द्रीय उपमहासचिव राजेश महोराले लुम्बिनीका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा बीआईटीएमको कार्यक्रम केन्द्रित हुनुपर्ने बताए ।सो कार्यक्रममा पर्यटन व्यवसायी लक्की सिंहले बीआईटीएममा बुद्धिष्ट ट्राभल्सको विज्ञहरुबीच प्यानल छलफल समेत गराउनुपर्ने सुझाव दिए ।
उक्त छलफलमा बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्टलाई विगतको कमीकमजोरीलाई हटाउँदै सबैको ऐक्यबद्धतासहित आम नागरिकको समेत सहभागीतामा कार्यक्रम गर्दा राम्रो हुने नाट्टा लुम्बिनीका संस्थापक अध्यक्ष विष्णु प्रसाद शर्माले बताए । यसअघि पहिलो र दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट सम्पन्न भएको थियो ।