बुटवल - बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहरुलाई बुधबार विदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई एक समारोहका विच विदाई गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी विद्यार्थीहरुलाई आगामि दिनको सफलताको शूभकामना दिदै विदाई गरिएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले कक्षा १२ सम्म अध्ययन गरेका विद्यार्थीहरुलाई सफलताको शूभकामना दिदै देशका लागि सक्षम नागरिकका रुपमा योगदान गर्न आग्रह गरे । विद्यालयका प्राचार्य शंकर भण्डारीले विद्यार्थीहरुलाई आगामि बोर्ड परीक्षामा मेहनतका साथ अध्ययन गर्न आग्रह गर्दै विद्यार्थीहरुलाई शूभकामना दिए ।
उक्त अवसरमा विद्यार्थीहरुले विद्यालयमा निकै उत्कृष्ट वातावरण पाएको भन्दै धन्यवाद ज्ञापन गरे । कक्षा ११ व्यवस्थापन संकायका विद्यार्थी सनिल रुचालको अध्यक्षता, विज्ञान संकायका साहरा ज्ञवालीको सञ्चालनमा भएको विदाई कार्यक्रममा मायाको चिनो वितरण गरिएको थियो ।
विद्यार्थीहरुले शिक्षकहरुलाई समेत मायाको चिनो प्रदान गरे । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक दीपक पौडेल, सहप्राचार्य विष्णु प्रसाद न्यौपाने, प्लस टु संयोजक पवन बस्याल लगायतको उपस्थिती रहेको थियो ।


