बुटवल - न्यू स्ट्याण्डर्ड ईगंलिस हाई स्कुल बुटवल १२ नयाँगाउले २०८२ सालको नतिजा प्रकाशन तथा पुरस्कार बितरण गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्लि प्रसाद शर्मा आचार्यको प्रमुख आतिथ्यतामा नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको हो ।
उनले विद्यालयले धेरै अभिभावकहरुको मन जितेर काम गरेको बताए । उनले बुटवल १२ मा रहेर पनि विद्यालयले गुणस्तरीय शिक्षा दिन सफल रहेको बताए । बदलिदो समय अनुसार स्कुललाई परिमार्जन गर्दै लैजानु पर्ने समेत उनले बताए । बुटवलको गहनाको रुपमा स्कुल रहेकोले अबका दिनहरुमा पनि स्कुलले अझ राम्रो नतिजा प्रकाशन गर्ने अपेक्षा राखे ।
कार्यक्रमका बिशिष्ट अतिथि दीप बोडिङ्ग हाई स्कुलका प्राचार्य टिकाराम न्यौपानेले स्कुल अब व्यबहारिक र गुणस्तरीय शिक्षा दिदै अगाडी बढ्ने बताए ।
अब तिनाउ वारि र तिनाउ पारिको खाडल नरहने समेत उनले बताए । तिनाउ वारि र तिनाउ पारिको शिक्षाको अन्तरलाई अब दिप बोडिङ्ग्ले पुरा गर्ने बताए । बदलिदो परिवेश अनुसार शिक्षा दिदै अगाडी बढ्ने समेत उनले बताए ।
नयागाउँ हरेक हिसाबले सम्भावना बोकेको क्षेत्र भएकाले नयाँगाउ हरेक खालको सम्भावना रहेको बताए । अब पढ्नको लागि हैन सिक्नको लागि बिद्यालय जानुपर्ने समेत उनले बताए ।
अब स्कुल रुपन्देहीकै नमुना बनाउने उनले बताए स्कुलमा कुनै पनि कमि हुन नदिने उनले बताए ।अभिभावकहरुको चाहना र मागलाई मध्य नजर गर्दै स्कुललाई अगाडी बढाउने उनले बताए ।
कार्यक्रम बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष दुर्गा पाठकको स्वागत न्यु स्ट्यान्डर्ड ईङ्लिस बोडिङ्ग स्कुलका प्राचार्य शारदा ज्ञवालीको स्वागत र सह प्राचार्य बाबुराम भण्डारीको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


