Lumbini Rise
तिलोत्तमा नगरपालिकाद्धारा एसईई दिएका विद्यार्थीलाई ७ दिने करिअर आवर सञ्चालन 

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी शुक्रबारदेखि  एक हप्ते अनलाईन प्रशिक्षण सुरु गरेको छ ।

एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरुलाई विभिन्न बिषयमा जानकारी गराउने उदेश्यले  सेभेन डे  सेभेन थिम भन्ने नारा सहित अनलाईन करियर आवर सुरु गरिएको हो ।

अनलाईन गुगल मिट मार्फत सञ्चालन गरिने करिअर आवरमा विद्यार्थीहरुलाई वर्तमान समयका चुनौती र अबका युवाहरुले के गर्ने भन्ने बिषयमा केन्द्रीत रहेर विभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गर्नेछन् ।

 तिलोत्तमा नगरपालिकाले र्सिजनशिल कार्यक्रम गर्दै अघि बढेको अवस्थामा एसईई दिएका विद्यार्थीलाई लक्षित गरी अनलाईन मार्फत प्रशिक्षण दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख अधिकृत खुमालाल भुसालले बताए । नगरमा शिक्षण सिकाईलाई प्रभावकारी र गुणस्तरीय शिक्षाका लागि विभिन्न कार्यक्रम गर्दै आएकोमा एसईई दिएका विद्यार्थीलाई लक्षित गरी सकरात्मक भावना जागृत गराउन कार्यक्रम गरिएको उनले बताए । 

एसईईपछि खाली रहेको समयलाई सदुपयोग होस भनेर नेपालमै स्थानीय तहको अग्रसरतामा पहिलो पटक करिअर आवर कार्यक्रम गरिएको नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले बताए ।

उनले विद्यार्थीहरुको समय सधैं महत्वपूर्ण हुने भएकाले फुर्सदको समयमा अनलाईन मार्फत हुने कक्षामा सहभागी हुँदा फाइदा पुग्ने विश्वास गरे । सात दिन सम्म चल्ने कार्यक्रममा विभिन्न विषयमा विषय विज्ञले सहजीकरण गर्ने नगरपालिकाका आइटी अफिसर ई.सुनिल पन्थीले जानकारी दिए ।

शुक्रबार पहिलो दिन किन पढ्ने किताब बिषयमा अध्येता तथा लेखक रामचन्द्र श्रेष्ठले प्रशिक्षण दिए ।  नगरपालिकाले गुगल मिटको लिकंबाट विद्यार्थीले सहभागिता जनाउन सक्ने जनाएको छ । अनलाईन करिअर आवर शुक्रबारदेखि आगामि बैशाख १७ गते सम्म हरेक बेलुका ७ देखि ८ बजेसम्म हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update