Lumbini Rise
ताइवानी संस्था चुजीले लुम्बिनीमा  क्याम्पस सञ्चालन गर्ने तयारी

लुम्बिनी – ताइवानको परोपकारी संस्था चुजी फाउन्डेसनले बुद्ध जन्मस्थल लुम्बिनीमा 'चुजी लुम्बिनी क्याम्पस’ सञ्चालनको तयारी गरेको छ ।

लुम्बिनीमा स्थानीय समुदायसँग अन्तरक्रिया सहितको कार्यक्रम आयोजना गर्दै पmाउण्डेशनले लुम्बिनी क्याम्पस उद्यान’ सञ्चालनको तयारी गरेको जनाएको हो । यहि आउदो बैशाख २० गते उद्घाटन गर्ने तयारी भएको जनाएको छ । 

क्याम्पस परिसरमा स्थानीय समुदायलाई विभिन्न सेवा प्रदान गर्न अस्पताल, सिप तालिम केन्द्र, सञ्चार र सामुदायिक भवन बनाउने योजना रहेको छ ।

फाउन्डेसन उपाध्यक्ष लिन पीयूईले लुम्बिनीमा शिक्षाको ज्योति छर्न पाउदा निकै खुशी लागेको बताउँदै त्यसलाई आफ्नै संस्थाका रुपमा स्विकार गर्नुपर्छ । 

फाउण्डेसनका नेपालका लागि प्रमुख कार्यकारी अधिकृत चक्रज्योति शाक्यले निस्वार्थ सेवा भावमा आधारित रहेर स्थानीय समुदायको आवश्यकताको पहिचान गरि शिक्षा, स्वास्थ्य, मानवीय सेवामा योगदान पुर्याउने उद्देश्य राखिएको जनाए ।

उनका अनुसार, चुजी फाउण्डेशनले नेपालमा एक दशक अगाडिको भूकम्पमा घरवार बिहीन भएका १ हजार ८ सय परिवारलाई घर निर्माण एवं बिदेशी चिकित्सक सहित स्वास्थ्य उपचार प्रदान गरेको थियो । कोरोना कालमा १० वटा बिमान चार्टर गरेर औषधिसहित स्वास्थ्य उपचार सामाग्री नेपालमा उपलब्ध गराएको थियो ।

सन् २०२२ देखि फाउण्डेशनका स्वयंसेवकहरु मार्फत् लुम्बिनी, कपिलबस्तु र काठमाडौं लगायतका क्षेत्रमा शिक्षा, स्वास्थ्य, विपन्न समुदाय सहयोग, सीप विकास तथा सामुदायिक सेवाका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

चुजी लुम्बिनी क्याम्पस अन्तर्गत हाल लुम्बिनी बुद्धिष्ट चुजी स्कुलले किन्डर गार्टेनदेखि २ कक्षासम्मको पहिलो शैक्षिक सत्र सुरु गरिसकेको र बिद्यालयलाई १२ कक्षासम्म क्रमशः बिस्तार गर्दै लैजाने योजना रहेको फाउण्डेशनका स्वयंसेवक राकेश त्रिपाठीले बताए ।  उनले करुणा र मानवीय भावका कार्य मार्फत् सधै काम गरिरहने प्रतिबद्धता जनाइन् । 

फाउण्डेसनका तर्फबाट नेपालमा स्वास्थ्य क्षेत्र हेरिरहेका डा.निर्देष शाक्यले विशुद्ध मानवी सेवामा संस्था क्रियाशील भएको जनाए । लुम्बिनीमा ३ सय बेडको अस्पताल संचालन गर्ने आफूहरुको उद्देश्य रहेको भन्दै सबैको सहकार्य आवश्यक हुने उनले बताए । 

बौद्ध धर्मगुरु चेङ येनले बुद्धबाट प्रभावित भई विश्वका असहायलाई सेवा गर्ने उदेश्यले चुजी फाउन्डेसनको स्थापना गरेको जानकारी दिँदै बुद्धजन्मस्थलमा विद्यालय स्थापना गर्न पाएको बताईन । 

चुजीले नेपालसँग स्न १९९३ मा साझेदारी गरी सन् २०१५ को भूकम्पमा राहात र कोभिड महामारीका बेलामा पनि महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको थियो। फाउन्डेसनले विगत ६० वर्षदेखि परोपकार, चिकित्सा सेवा, शिक्षा र मानवी गरी चार क्षेत्रमा सहयोग गर्दै आएको छ ।  

भगवान बुद्धको उपदेश दया, करुणा र मानवीय सहयोगमा आधारित रहेर ताइवानी उक्त संस्था हाल नेपालसहित विश्वका १ सय ३९ राष्ट्रमा कार्यरत छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update