Lumbini Rise
अन्नपूर्ण माविमा जुनियर रेडक्रस सोसाइटी गठन  

बुटवल - विश्व रेडक्रस दिवसको अवसरमा अन्नपूर्ण माध्यमिक विद्यालय बुटवलमा अन्नपूर्ण जुनियर रेडक्रस सोसाइटी गठन गरिएको छ।

विद्यालयका प्रधानाध्यापक मित्रहरी आचार्यले नवगठित सदस्यहरूलाई टीका तथा ब्याच लगाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा मानवीय सेवा, अनुशासन, सहयोग तथा सामाजिक उत्तरदायित्वका विषयमा जानकारी प्रदान गरिएको थियो।

यसै अवसरमा विद्यालयले चाँदबारी, आदर्शनगर, पुष्पलाल पार्क लगायतका क्षेत्रहरूमा सरसफाइ कार्यक्रम समेत सञ्चालन गरेको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा रेडक्रस सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

सरसफाइ अभियानमार्फत वातावरण संरक्षण तथा सामाजिक सचेतना अभिवृद्धिमा सकारात्मक सन्देश प्रवाह भएको विद्यालयले जनाएको छ।

अतिरिक्त क्रियाकलाप संयोजक मिनराज गिरीले सहजीकरण गरेको उक्त कार्यक्रममा सहप्राचार्य सुरेश घिमिरे तथा प्राथमिक संयोजक पुष्पा केसीको सहभागिता रहेको थियो। विद्यालयले जुनियर रेडक्रस मार्फत विद्यार्थीहरूमा सेवा भावना, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वको भावना विकास हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update