रोल्पाका एकै परिवारका ४ जना बेपत्ता
बुटवल - रसुवाको टिमुरे बजारमा व्यवसाय गर्दै आएका रोल्पाका एकै परिवारका चार जना बाढीपछि सम्पर्कविहीन भएका छन् ।
परिवर्तन गाउँपालिका–६ का कुलप्रसाद बुढामगर, उनकी श्रीमती मीना घर्ती, छोरा डीप बुढा र चार वर्षीया छोरी खुसी बुढा बेपत्ता भएका हुन्।
यस्तै, रसुवा बाढीपछि रोल्पाका ३० जनाभन्दा बढी सम्पर्कविहीन भएको प्रारम्भिक आकलन गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३ १४:१६
प्रतिक्रिया दिनुहोस्

