Lumbini Rise
भाेटेकाेशि बाढी प्रभावितकाे स्मरणमा लुम्बिनीमा शान्ति प्रार्थना 

बुटवल- लुम्बिनी विकास काेषले विनाशकारी भाेटेकाेसि बाढी प्रभावितहरूलाई मध्यनजर गर्दै  बुद्व जन्मस्थल लुम्बिनीमा शुक्रबार विहान शान्ति प्रार्थना गरेकाे छ ।

मायादेवि मन्दिर परिसरमा भाेटेकाेसि बाढीमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा  घाईते सम्पूर्ण दाजू भाइ दिदी वहिनिहरूकाे शिघ्र स्वास्थ्य कामना सहित शान्ति प्रार्थना गरिएकाे हाे । विभिन्न विहारका भिक्षु, भिक्षुणी,  लामा गुरु एवम उपासक उपासिकाहरू र काेषका कर्मचमरीहरूकाे उपस्थितिमा शान्ति प्रार्थना गरिएकाे हाे । 

भाेटेकाेशि बाढीले ठूलाे अकल्पनीय जनधनकाे क्षति गराएकाले लुम्बिनीबाट अब यस्ताे विपद्काे सामूहिक संकल्प गर्दै सम्पूर्ण प्राणीकाे दुख कष्टबाट मुक्तिकाे कामना सहित शान्ति प्रार्थना गरिएकाे काेषका निमित्त सदस्य सचिव ज्ञानिन राईले बताए । 

बुद्वजन्मस्थल लुम्बिनीबाट संवत् स्फूर्त रूपमा बाैद्वगुरूहरू उपस्थित सामूहिक प्रार्थना गरिएकाे काेषका लेखा अधिकृत भिम बस्नेतले बताए । 

उक्त अवसरमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपदकाे मिलेर सामना गर्ने शक्ति प्राप्त हाेस भनी प्रार्थना गरिएकाे थियाे।

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट सयाै नागरिककाे मृत्यू भईसकेमाे छ भने सयाै वेपत्ता छन् । प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनः स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १३:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update