
बुटवल- पाल्पा स्थित तिनाउ ड्यामसाइडमा पौडी खेल्ने क्रममा विहिबार दिउँसो एक भारतीय युवक डुबेर वेपत्ता भएका छन । । तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा १८ वर्षीय भारतीय युवकको डुबेर वेपत्ता भएका हुन।
महाहाराजगंज जिल्ला अन्तर्गत नौतनवा निवासी १८ बर्षिय सोएब अन्सारी डुबेर वेपत्ता भएको दोभान प्रहरी कार्यालयले जनाएको छ । डुबेका अन्सारीको मृत्यू भएको तर शव नभेटिएकाले खोजी कार्य भइरहेको छ।
अन्सारी आफ्ना दाजुभाइ र साथीहरू सहित बुटवल घुम्न आएको बेला पौडी खेल्न गएको प्रहरीले जनाएको छ। ५ जना युवाहरु मिलेर बुटवल घुम्न आएका मध्ये एक जनाको डुबेर बेपत्ता भएको जनाइएको छ । दिउँसो साँढे ३ बजेतिर घटना भएको हो।
डुबेका अन्सारीको शव अझै फेला परेको छैन। वेपत्ता अन्सारीकाे खोजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए।