
बुटवल– रुपन्देहीको बुटवलमा लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका–११ नहरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कपिलवस्तु यसोधरा गाउँपालिका-१बस्ने २९ वर्षीय विवेक चौधरी र कृष्णनगर नगरपालिका–९ बस्ने २० वर्षीय विपेन चौधरी रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।
यसैगरी रूपन्देही,बुटवल उपमहानगरपालिका–११ बुद्बनगरबाटअवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–११ बुद्धनगर बस्ने २४ वर्षीय बिष्णु थापा र सोही उपमहानगरपालिका–७ शिवनगर बस्ने २४ वर्षीय सन्दिप सुनार रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयभैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।