बुटवलमा लागुऔषध सहित ४ जना पक्राउ
बिहीबार, जेठ ८, २०८२
बुटवल– रुपन्देहीको बुटवलमा लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका–११ नहरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कपिलवस्तु यसोधरा गाउँपालिका-१बस्ने २९ वर्षीय विवेक चौधरी र कृष्णनगर नगरपालिका–९ बस्ने २० वर्षीय विपेन चौधरी रहेका छन्।
साताको लोकप्रीय