Lumbini Rise
रूपन्देही प्रहरीद्धारा सिमाबाट ११ लाख बराबरको सामान बरामद 

बुटवल – रुपन्देही प्रहरीले विहिबार अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको गरेको ११ लाख २१ हजार बराबरको अबैध सामान बरामद गरेको छ।

 जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भन्सार छलेर ल्याएको चप्पल, कपडा, चिनि, किराना सामान र एकवटा कार र तीनवटा मोटरसाईकल प्रहरीले नियन्त्रण गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार ११ लाख २१ हजार १७५ मूल्य बराबारका कार सहितका भन्सार छलेर ल्याएको सामान नियन्त्रण गरि भन्सार बुझाएको बताए।

उनका अनुसार बरामद सामानहरुकोआवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ। लु १ ज २८७४ नंम्बरको कार, लु ६९ प ३०३४,लु ४१ प ८८९९ र लु ५ प ६१२ नंको मोटरसाईकलमा सामान ल्याउदै गर्दा प्रहरीले नियन्त्रण गरेको हो।

१०५ थान चप्पल, १३ पिस जेन्स कुर्था, एक सय पिस लेडिज कुर्था, ५ बोरा चिनी र किराना सामानहरु बरामद गरिएको प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update