पाल्पा तिनाउ ड्यामसाईडमा डुबेर वेपत्ता भारतीय किशोरको शव भेटियो

बुटवल– पौडी खेल्ने क्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय भारतीय किशोर सोयव अन्सारीको शव फेला परेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो ।
२ः४५ त्यही ठाउँमा उत्रेको बेलामा फेला पारिएको दोभान प्रहरीले जनाएको छ । अन्सारी यही जेठ ८ गते पौडी खेल्ने क्रममा पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका थिए ।
भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएका थिए । उनी ४ जना साथीहरुसँग घुम्न आएका बेला पौडी खेल्न जादा डुबेका थिए ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२ ११:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय