Lumbini Rise
अबरूद्व दाउन्ने सडक मध्यान्हदेखि खुल्याे


बुटवल- गएरातीदेखि अबरूद्व  पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड मध्यान्हदेखि पूर्णरूपमा सञ्चालनमा आएकाे छ । 

बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि गएरातीदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियाे । 

विहान १० बजेदृखि एकतर्फि खुलेकाे सडक आज मध्यान्हदेखि पूर्ण रूपमा सञ्चालनमा आएकाे  इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिए।

७ मिटर सडक भस्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको थियाे । सडक खुलेसंगै राेकिएका  सवारीहरू चलेका ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update