Lumbini Rise
शान्ति समाज रुपन्देहीले  दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनायाे

बुटवल – १८ औँ गणतन्त्र दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा बिहीबार साँझ दीप प्रज्वलन गरेको छ ।  साँझ ७ बजे  बुटवल हस्पिटल लाइन पुष्पलालपार्क बुटवलमा दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनाएको हो ।

दीप प्रज्वलन कार्यक्रममा कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्व केन्द्रीय अध्यक्ष डा. बालकृष्ण चापागाईँ, नेपाल  पत्रकार महासघंका केन्द्रीय सदस्य रामराज पोख्रेल, शान्ति समाजका केन्द्रीय सचिव(लुम्बिनी) डिपि खनाल, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष श्याम पोखरेल, महिला अधिकारकर्मी रिता सेन वली लगायतले लोकतान्त्रिक गणतन्त्रको सबलीकरण नै अहिलेको आवश्यकता भएको बत्ताएका थिए । 

कार्यक्रम शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, निवर्तमान अध्यक्ष कृष्ण भट्टराईको स्वागत तथा  कार्यसमिति सदस्य सिता पौडेलको सञ्चालन सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  २२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update