Lumbini Rise
प्रधामन्त्रीसँगै एमालेका नेताहरुले भने –‘म झोले’ 


बुटवल – प्रधानमन्त्री केपि शर्मा ओलीले सामाजिक सञ्जालमा म झोले भन्ने पोष्टर राखेसँगै एमालेका नेताहरुले ‘म झोले’ पोष्टर राख्न थालेका छन् ।  दुई हात जोडेको तस्वीर राखेर ओलीले झोले भएको लेखेका छन् ।

‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’, पोस्टरमा लेखिएको छ ।

यस लगतै पार्टी महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतले म झोले लेखेर पोष्टर सामाजिक सञ्जालमा राखेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update