
बुटवल – बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन तालिम शुरु गरेको छ । तालिमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले सोमबार एक समारोहका विच उद्घाटन गरिन् ।
त्यस अवसरमा बोल्दै उपप्रमुख अर्यालले तालिमले उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उपप्रमुख अर्यालले आर्थिक स्थितिलाई बलियो बनाउन साना उद्यमलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै यो तालिम त्यसका लागि उपयोगी हुने भनाइ राखे ।
बुटवल उपमहानगरपालिकाले पनि उद्यमशिलता तथा स्वरोजगार विकासका लागि धेरै सीपयुक्त तालिम प्रदान गरिएको जानकारी गराउँदै उनले त्यसरी सीप सिकेकालाई उद्यमी कसरी बनाउन सकिन्छ त्यसतर्फ सबैले ध्यान दिनुपर्ने भनाइ राखे ।
उनले तालिम दिने र उत्पादन पनि हुने बताउँददै उत्पादन भएका बस्तुको बजारीकरणको समस्या रहेको औल्याउँदै बस्तुको उत्पादन गर्नुभन्दा अगावै बजार अध्ययन गरेर माग अनुसारको बस्तु उत्पादनमा जोड दिए । त्यसै अवसरमा संघमा स्थापना गरिएको उद्योग सम्वद्र्धन केन्द्र उद्घाटन गरिएको छ । संघले उद्यमशिलता विकासका लागि २०७६ देखि विजनेश इन्कुवेशन सेन्टर सञ्चालन गर्दै आएको थियो ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य संघलाई २० लाख रुपैंया अनुदान उपलब्ध गराएको छ ।
विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले बुटवल उपमहानगरपालिका मार्फत बुटवल उद्योग वाणिज्य संघलाई आर्थिक सहयोग गरेको हो । एक महिनासम्म सञ्चालन गरिने यो तालिममा २० जना नव उद्यमी सहभागि रहेको संघका कार्यकारी निर्देशक तथा तालिमका फोकल प्रसन मदनकुमार कार्कीले जानकारी गराउनु भयो । उहाँका अनुसार कार्यक्रममा सहभागि उद्यमीहरुले आफूले उत्पादन गरेका सामग्री प्रदर्शन गरेका छन् ।
कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले नवउद्यमीहरुलाई प्रोत्साहन र उनीहरुको उद्यम विकास तथा प्रवद्र्धनका लागि संघले यस अगाडि २ पटकसम्म विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिसकेको र त्यसबाट राम्रो प्रतिफल प्राप्त भएको बताए । उनले सरकारी तहबाट प्राप्त भएको यो साथ र सहयोगले उद्यमशिलता विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले विगतमा विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गर्दा प्राप्त भएको प्रतिफलकै कारण सरकारी तहबाट यो प्रकारको सहयोग प्राप्त भएको बताउँदै विगतका सिकाई र अनुभवले अव सञ्चालन गर्ने कार्यक्रम अझै राम्रो र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डा। ताराप्रसाद उपाध्यायले उद्यमशिलता विकासका लागि लुम्बिनी वाणिज्य क्याम्पसमा पनि विजनेश इन्कुवेशन सेन्टर स्थापना गरिएको जानकारी गराउँदै समयसमयमा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । उद्योग वाणिज्य संघले गरेको विजनेश इन्कुवेशन कार्यक्रममा अरु क्षेत्रले गरेको भन्दा अझै राम्रो हुने बताउँदै आशा गरिएभन्दा अझै राम्रो कार्यक्रम हुने विश्वास व्यक्त गरे ।
संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले बुटवल उद्योग वाणिज्य संघले उद्यमशिलताका विभिन्न गतिविधि गर्दै आईरहेको बताउँदै नव उद्यमीलाई प्रोत्साहन र प्रवद्र्धनका लागि विजनेश इन्कुवेशन कार्यक्रम आयोजना गरिएको बताए । उनले नव उद्यमीलाई आफ्नो उद्योग व्यवसायको व्यवस्थापकीय पक्ष सुधार हुने विश्वास व्यक्त गरे ।