बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन सुरु
सोमबार, जेठ २६, २०८२
बुटवल – बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन तालिम शुरु गरेको छ । तालिमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले सोमबार एक समारोहका विच उद्घाटन गरिन् । त्यस अवसरमा बोल्दै उपप्रमुख अर्यालले तालिमले उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उपप्रमुख अर्यालले आर्थिक स्थितिलाई बलियो बनाउन साना उद्यमलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै यो तालिम त्यसका लागि उपयोगी हुने भनाइ राखे । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य संघलाई २० लाख रुपैंया अनुदान उपलब्ध गराएको छ ।