Lumbini Rise
सुनवल नगरपालिकाले बाड्याे हाते ट्याक्टर. स्थानीय भए खुशी

परासी– नवलपरासी पश्चिम सुनवलमा स्थानीयहरुलाई कृषि औजार प्रदान गरिएको छ । सुनवल नगरपालिकाले अति विकट क्षेत्र मानिने वडा नम्बर ४ स्थित चार गाउँमा कृषि औजार अन्तर्गत हाते ट्याक्टर वितरण गरेको हो ।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत बजेट अन्तर्गत धुर्कोदफेदी, माथिल्लो धुर्कोट, बेहोरे र मिजा दमार गाउँमा करिब साढे ७ लाख बराबरको हाते ट्याक्टर वितरण गरिएको छ । 


सामूहिक भावनाको विकास गर्ने परिकल्पनासहित ८ जना बराबर १ हाते ट्याक्टर गरी  करिब ८० घरधुरीलाई समूहमा विभाजन गरेर १० वटा हाते ट्याक्टर वितरण गरिएको वडा नम्बर ११ का वडा अध्यक्ष कमलप्रसाद चुवाईले बताए ।  

नगरप्रमुख विमला अर्यालले कृषिलाई प्राथमिकतामा राखेर  स्थानीयवासीको जिवनस्तरमा सुधार ल्याउन कृषियन्त्र वितरण गरिएको बताए । उनले पाएको उपकरणलाई राम्रोसगँ सदुपयोग गर्न आग्रह गर्दै उत्पादनमा वृद्धि गर्न सुझाव दिए ।

किसानहरुले आफूहरुले हाते ट्याक्टर पाएपछि सहज भएको भन्दै खुशी व्यक्त गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update