सुनवल नगरपालिकाले बाड्याे हाते ट्याक्टर. स्थानीय भए खुशी
शुक्रबार, जेठ ३०, २०८२
परासी– नवलपरासी पश्चिम सुनवलमा स्थानीयहरुलाई कृषि औजार प्रदान गरिएको छ । सुनवल नगरपालिकाले अति विकट क्षेत्र मानिने वडा नम्बर ४ स्थित चार गाउँमा कृषि औजार अन्तर्गत हाते ट्याक्टर वितरण गरेको हो । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत बजेट अन्तर्गत धुर्कोदफेदी, माथिल्लो धुर्कोट, बेहोरे र मिजा दमार गाउँमा करिब साढे ७ लाख बराबरको हाते ट्याक्टर वितरण गरिएको छ ।