Lumbini Rise
राष्ट्रिय परिचपत्र बनाउन बुटवल उपमहानगरमा थपियो स्टेशन 

बुटवल- राष्ट्रिय परिचयपत्र बनाउन घन्टौं लाममा बसेर पनि पालो नपाएको व्यापक गुनासोपछि बुटवल उपमहानगरपालिकाभित्र एक पटा स्टेशन थप गरेको छ ।

इलाका प्रशासन कार्यालय बुटवलले उपमहानगरसँग समन्वय गरेर सर्वसाधरणको गुनासोलाई मध्यनजर गरी उपमहानगरमा थप एक वटा स्टेशन थप गरेको हो । सर्वसाधरणले दुःख पाएको बिषयमा लुम्बिनी राईजले समाचार प्रकाशन गरेपछि थप दवाव परेको हो । 

प्रशासनसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका परिसरमा आईतबार नयाँ स्टेशनको उद्घाटन गरिएको छ । नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै बुटवल उपमहानगरकाभित्र बसोबास गरेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिने बताए ।

उनले राष्ट्रिय परिचयपत्र वितरण वडाबाटै गरेको बताउँदै प्रशासनसँगको समन्वयमा अब उपमहानगरभित्र परिचपयपत्र बनाउन सकिने बताए । नगरप्रमुख पाण्डेयले सर्वसाधरण नागरिकको सक्दो सेवाका लागि उपमहानगर लागि परेको बताए ।

यस्तै इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले राष्ट्रिय परिचयपत्र बनाउन सर्वसाधरण नागरिकहरुको चाप अत्यधिक भएकाले उपमहानगरपालिकाभित्र स्टेशन थप गरिएको बताए । उनले इलाका प्रशासनबाट दैनिक २ सय जनालाई सेवा दिएकोमा सर्वसाधरण फर्कनुपरेकाले उपमहानगरभित्र स्टेशन थपेर सेवा दिनपरेको बताए ।

उनका अनुसार इलाका प्रशासन कार्यालय बुटवलबाट ६० हजार कार्डहरु छापिएको र दैनिक ५ सयको आधारमा परिचयपत्र समेत वितरण गर्दै आइरहेको छ । प्रशासनले दैनिक १ सय ८० जनालाई टोकन र १५ देखि २० जना जेष्ठ नागरिक, अपाङ्गता भएका र बिरामीहरुलाई लाईनमा नबसि सेवा दिने गरेको छ ।

इलाका प्रशासन कार्यालय बुटवल कार्यालयले जिल्लामै सबैभन्दा बढि राष्ट्रिय परिचय पत्रको सेवा दिएको छ । प्रशासनबाट ३ वटा स्टेशनबाट सेवा दिदै आएको छ । अब यो सँगै ४ वटा स्टेशनबाट नियमित सेवा मा राष्ट्रिय परिचयपत्र बनाउन सर्वसाधरणले घन्टौं लाम बस्नुपर्ने भएपछि एक वटा स्टेशन थप गरिएको छ ।

बुटवलमा जिल्ला वाहिर पाल्पा, कपिबलस्तु, गुल्मी, अर्घाखाँची, प्यूठान, बाग्लुङसम्मका सेवाग्राही आउने गरेकाले सेवाग्राहीको संख्या चार महिनादेखि स्थिर रहेको प्रशासनले जनाएको छ ।

माघदेखि जेठ २२ गतेसम्म १४ हजार ५७८ जनाले इलाका प्रशासन कार्यालय बुटवलबाट राष्ट्रिय परिचयपत्र बनाएका छन् । यस्तै यो आर्थिक बर्षको जेठ २२ गतेसम्म २७ हजार १७ जनाले राष्ट्रिय परिचयन पत्र बनाएको तथ्यांक छ ।  
 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update