एसीसी यू-१६ इस्ट जो क्रिकेटमा नेपालको जीत

बुटवल - एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटिएको थियो । नेपालले ८१ रनको लक्ष्य १४ ओभर २ बलमा १ विकेटको क्षतिमा भेट्टायो ।
जापानलाई सस्तोमा समेट्न नेपालका शुभम खनाल एक्लैले ५ विकेट लिए । १० ओभर बलिङ गरेका शुभमले १५ रन दिएर ५ विकेट झारे । अभय यादवले २, सुशील रावल र विपिन प्रसाद शर्माले १र१ विकेटको योगदान दिए ।
नेपालका लागि श्रीनिवास बजगाँईले ४२ बल खेल्दै सर्वाधिक ३८ रन बनाए भने प्रसिद्ध जैशीले ३७ बलको मद्दतमा ३३ रन जोड्न सफल भए । ओपरन जोय थापा ७ बलमा १ रन जोडेर आउट भएका थिए । आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ५ विकेटले हराएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ १२:१३
प्रतिक्रिया दिनुहोस्