
बुटवल – लुम्बिनी सांस्कृतिक नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट शुक्रवार ल्याएको छ । १५ औँ नगर सभामा नगरप्रमुख सजरुद्धिन मुसलमानले नीति तथा कार्यक्रम ल्याए भने उपप्रमुख कल्पना हरिजनले बजेट प्रस्तुत गरेकी हुन ।
कृषि, शिक्षा, र पूर्वाधार विकास गर्ने अठोटका साथ नीति कार्यक्रम र बजेट ल्याइएको छ । उपप्रमुख हरिजनले आर्थिक वर्ष २०८२र०८३ का लागि १ अर्ब ५४ करोड ५० लाख ५९ हजार बजेट सार्वजनिक गरेकी हुन् ।
सरकार समानिकरण अनुदान अन्तर्गत रु १७ करोड ३० लाख, राजश्व बाँडफाँड तर्फ १४ करोड ७४ लाख, सशर्त अनुदान अन्तर्गत नेपाल सरकारको ३६ करोड ४२ लाख ९६ हजार र एसियाली विकास बैङ्क तर्फ ५३ करोड ६९ लाख ४ हजार, समपूरक अनुदान अन्तर्गत ६८ लाख हुने आय अनुमान गरी प्रस्तुत गरिएको छ ।
साथै प्रदेश सरकार सशर्त अनुदान अन्तर्गत १ करोड ३० लाख, समानिकरण अनुदान अन्तर्गत १ करोड २० लाख ७२ हजार राजश्व बाँडफाँड तर्फ १ करोड ३६ लाख ७२ हजार र समपूरक अनुदान अन्तर्गत १ करोड २० लाख हुने अनुमान गरिएको बजेटमा उपप्रमुख हरिजनले बताइन्।
यसै गरी नगर विकास कोष तर्फ १० करोड १३ लाख ४ हजार सडक बोर्ड तर्फ ४० लाख, आन्तरिक राजश्व तर्फ ५ करोड, घरजग्गा रजिस्ट्रेसन शुल्क बापत ४ करोड ७० लाख तथा बचत ६ करोड ३६ लाख ११ हजार गरी कुल १ अर्ब ५४ करोड ५० लाख ५९ हजार आय अनुमान गरिएको छ ।
नगर सभामा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले धन्यवाद दिँदै बजेट कार्यान्वयनमा एकजुट भएर लाग्न जोड दिइन । नगर सभाले नीति कार्यक्रम र बजेट समेत स्वीकृत गरेको नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख रामचन्द्र अर्यालले जानकारी दिए ।
नगर सभा नगरप्रमुख सजरुद्धिन मुसलमानको अध्यक्षता नगर प्रवक्ता इनामुल्ला फकिरकाे स्वागत तथा नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले सञ्चालन सम्पन्न भएको थियो ।