लुम्बिनी सांस्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोडको बजेट
शुक्रबार, असार २०, २०८२
बुटवल – लुम्बिनी सांस्कृतिक नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट शुक्रवार ल्याएको छ । १५ औँ नगर सभामा नगरप्रमुख सजरुद्धिन मुसलमानले नीति तथा कार्यक्रम ल्याए भने उपप्रमुख कल्पना हरिजनले बजेट प्रस्तुत गरेकी हुन । कृषि, शिक्षा, र पूर्वाधार विकास गर्ने अठोटका साथ नीति कार्यक्रम र बजेट ल्याइएको छ । उपप्रमुख हरिजनले आर्थिक वर्ष २०८२र०८३ का लागि १ अर्ब ५४ करोड ५० लाख ५९ हजार बजेट सार्वजनिक गरेकी हुन् ।