Lumbini Rise
उपाधि जित्दा धेरै खुशी छौँः विपिन शर्मा

बुटवल-सिसी पुरुष यु(१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो ।

शनिबार सम्पन्न खेलमा नेपालले सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।

स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यु १६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताए।

उहाँले यसअघि नै धेरै खेल खेलिसकेको र त्यसले अनुभव बटुल्न मद्दत गरेको बताए। परिणामतः खेल जित्न सम्भव भएको बताए ।

यु १६ का प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले नेपाली टिम राम्रो रहेको र धेरै टिमको जानकारी रहँदा आफूहरुलाई सहज भएको जानकारी दिए। प्रत्येक खेललाई महत्त्वपूर्ण मानेर खेलेको बताए।

नेपालले अझै पनि ब्याटिङ सुधार गर्नुपर्ने जरुरी रहेको जानकारी दिए। फाइनलमा राम्रो खेल्नुपर्ने हुँदाहुँदै चुक्न पुगेको बताए । 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update