Lumbini Rise
गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

विश्व भलिबल दिवसको अवसरमा गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी छवि खरेल सम्मानित हुनुभएको छ । जिल्ला बुटवल-भलिबल संघ जिल्ला कार्यसमिति गुल्मीले पूर्व भलिबल खेलाडी खरेललाई सम्मान गरेको हो ।

उहाँ २०३३ देखि २०३७ सम्म राष्ट्रिय भलिबल खेलाडीका रुपमा भलिबल खेल खेल्नु भएको थियो ।

खरेलको सोही योगदानको कदर स्वरुप दिवसको अवसरमा सम्मान गरिएको भलिवल संघका महासचिव नारायण आचार्यले जानकारी दिनुभयो ।

अचार्यले अहिलेसम्म आफुहरुले भलिवलका खेलाडी पहिचान भएसम्म खोजेर सम्मान गरिरहेको बताए। उहाँले पुराना योगदान गरेका व्यक्तिहरुको खोज र सम्मानले नयाँलाई उर्जा प्राप्त हुने बताए।

जिल्ला भविवल संघ गुल्मीले राष्ट्रिय खेल भलिबललाई जिल्लामा सक्रिय बनाउने र विभिन्न प्रतिस्पर्धाहरुमा खेलागी सहभागी बनाएर उत्कृष्ट सफलता पाउने गरेको छ ।

जिल्ला भलिबल संघ गुल्मीका अध्यक्ष राजन कुँवरले दोस्रो अन्तर्राष्ट्रिय भलिबल खेलाडी स्वर्गीय बद्रीप्रकाश श्रेष्ठको निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।

उहाँले भलिवल खेल राष्ट्रिय खेल भएपनि सरकारको तर्फबाट खेल क्षेत्रमा प्रयाप्त बजेट र आकर्षण सृजना गर्न नसक्दा कैयौँ खेलाडी गुमनाम बनिरहेको बताए ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update