
काठमाडाैं – बुद्ध जन्मस्थल लुम्बिनी स्थित रोयल थाई विहारका प्रमुख सुपोत महास्थवीरलाई आईतबार काठमाडौंमा अभिनन्दन गरिएको छ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलेलुम्बिनीमा आएर धार्मिक र सामाजिक योगदानमा महत्त्वपूर्ण योगदान गरेको भन्दै विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दनका रुपमा सम्मान गरेका हुन् ।
उक्त अभिनन्दन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले लुम्बिनीको संरक्षण र सम्वद्धर्नमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । ‘आजको यो अभिनन्दन कार्यक्रम छ । जुन उहाँले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक, सामाजिक योगदान गर्नुभएको छ । निरन्तर र अनवरत रुपमा योगदान गर्नुभयो,’ उनले भने–‘थाइ सरकारले ज्यादै ठूलो सम्मान दिएको छ । बुद्धिजमअघि बढाउन र लुम्बिनीको संरक्षण गर्न आवश्यक छ ।’
सुपोत महास्थथवीरलाई थाइल्यान्ड सरकारले लुम्बिनीमा आएर गरेको धार्मिक र सामाजिक योगदानबापत सम्मान गरेको छ। सोही बारेमा नेपाली बौद्ध समुदायले पनि सम्मान गरेको हो । सुपोत महास्थथवीरले लुम्बिनीमा आएर धार्मिक र सामाजिक योगदानमा महत्त्वपूर्ण योगदान गरेको छन् ।
दुई दशकभन्दा बढि समय लुम्बिनीमा बिताएका सुपोत महास्थविरको योगदानबारे चर्चा समेत गरिएको थियो । उपप्रधानमन्त्री सिंहले बुद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएको पनि बताए ।कार्यक्रममा पालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्न, महास्थविर मैत्रीय भन्ते विभिन्न धार्मिक गुरु एव्म उच्च अधिकारीहरुको उपस्थिती रहेको थियो ।