पूर्व राष्ट्रपती विद्यादेवी भण्डारी लुम्बिनीमा !
लुम्बिनी - पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले बुद्धजन्मस्थल लुम्बिनी स्थित पश्चिम प्लटमा थुक्छे छोइलिङ्ग गुम्बा(मोनाष्ट्री)को शिलान्यास गरेकी छन् ।
लुम्बिनी विकास कोषसँग सम्झौता गरि लिएको थुक्छे छोइलिङ्ग गुम्बा धर्मचक्र महाविहारले शुक्रबार पूर्व राष्ट्रपती भण्डारीको प्रमुख आतिथ्यतामा गुम्बाको शिलान्यास गराएको हो । लुम्बिनी गुरुयोजनाभित्रको पश्चिम खण्डको १४ नम्बरको प्लटमा गुम्बा निर्माण शुरु गरिएको हो ।
शिलान्यस समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपती भण्डारीले बुद्धजन्मस्थल लुम्बिनीबाट बुद्धको शिक्षा मार्फत शान्ति, अहिंसा र अध्यात्मको सन्देश फैलाउनुपर्ने बताइन ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१ १९:४६
प्रतिक्रिया दिनुहोस्
थप भिडियो
साताको लोकप्रीय