
यहि साउनको २५ देखि २७ गतेसम्म रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभरटोलस्थित होराइजन जी.बी.एस कलेजमा सञ्चालन हुने कार्यक्रममा आईटी क्षेत्रमा आवद्ध विद्यार्थी, नेटवर्किङमा रुचि राख्ने युवा तथा व्यवसायिलाई लक्षित गरिएको छ।
कार्यक्रममा नेटवर्किङका आधारभूत ज्ञानदेखि व्यावसायिक पक्षसम्मका विषयमा प्रशिक्षण गरिने छ । तीनदिनसम्म सञ्चालन गरिने कार्यक्रममा विषयगत सत्रहरूमा सहभागीले व्यवहारिक रूपमा सिक्न पाउनेछन् । कार्यक्रमका प्रमुख प्रशिक्षकको रूपमा नेटवर्किङ तथा साइबर सुरक्षा क्षेत्रमा अनुभवी सि.एस.आई.टी. एशोसियसन अफ नेपालका उपाध्यक्ष आयुष चापागाईं रहेका छन् ।
नेटवर्किङ संरचना, ट्राबलशुटिङ, आई.पि. व्यवस्थापन, साइबर सुरक्षा, सिस्को उपकरणहरूको प्रयोग, फायरवाल कन्फिगरेसन, नेटवर्क टोपोलोजी, स्विचिङ तथा राउटिङ अवधारणाहरू, भि.एल.ए.एन. कन्फिगरेसन, आई.पि.भि ४ एड्रेसिङ र सबनेटिङ, प्याकेट ट्रयाकर प्रयोग, करियर गाइड तथा सर्टिफिकेसन अवलोकन लगायतका व्यवहारिक तथा सैद्धान्तिक पक्षहरूमा प्रशिक्षण हुनेछ ।
प्रशिक्षण शैली प्रयोगात्मक अभ्यास र समूहगत कार्यमा आधारित हुने सि.एस.आई.टी. एशोसियसन अफ नेपाल रुपन्देहीका अध्यक्ष माधव पौडेलले जानकारी दिए। यो कार्यक्रममा सि.आई.एस.सि.ओ प्याकेट ट्रयाकर, ईभ–एन.जी, सि.आई.एस.सि.ओ. राउटर्स, हब्स, स्वीचेज जस्ता उपकरणहरू प्रयोग गरिने प्रशिक्षक चापागाईंले बताए ।
कार्यक्रमले विद्यार्थीलाई रोजगारीको दृष्टिकोणले सक्षम बनाउने, व्यवहारिक सीप विकास र नेटवर्किङ प्रविधिको वर्तमान ट्रेन्डमा अपडेट गराउने अध्यक्ष पौडेलले बताए । ‘हामीले यो बुटक्याम्प विद्यार्थीको क्षमता अभिवृद्धिका लागि आयोजना गरेका हौं, आ.टि.लाई केवल किताबी ज्ञानमा सीमित नभई प्रयोगात्मक रुपमा पनि सक्षम बनाउने हाम्रो उद्देश्य हो’ उनले भने ।