कक्षा १२ नतिजा: नवीन औद्योगिकबाट २ जना उच्च जिपिए सहित ५६५ उतीर्ण

वुटवल- साेमबार सार्वजनिक कक्षा १२ काे परीक्षामा बुटवल स्थित नवीन औद्योगिक कदर बहादुर रिता माविबाट उत्कृष्ट अंक सहित ५६५ विद्यार्थी उतीर्ण भएका छन् ।
विज्ञान समूहका राजु यादव र व्यवस्थापन समूहका माधव खनालले ३.९४ अंक सहित विद्यार्थी उतीर्ण भएका हुन् । विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले उतीर्ण विद्यार्थीलाई बधाई दिएका छन् ।
उनका अनुसार जिपिए वर्गीकरणअनुसार ३.६१–४.०० समूहमा २५ जना, ३.२१–३.६० मा १४०, २.८१–३.२० मा २५१जना, २.४१–२.८० मा १४६ र २.०१–२.४० समूहमा ३ जना विद्यार्थी रहेका छन्।
प्रधानाध्यापक बस्नेतले उत्कृष्ट नतिजाका लागि शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई धन्यवाद दिएका छन्।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२ २२:२५
प्रतिक्रिया दिनुहोस्