कालिका मानवज्ञान माविका रिजन पछाईले ल्याए ३.९५ जीपीए

बुटवल- बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यार्थी रिजन पछाईले कक्षा १२ को परीक्षामा ३.९५ जीपीए ल्याएका छन्।
राष्ट्रिय परिक्षा बोर्डबाट प्रकाशन भएको नतिजा अनुसार उनले सबैभन्दा बढि ३.९५ जीपीए ल्याएका हुन ।
विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीहरु मध्ये ३.९ जीपीए भन्दा बढि ल्याउने विद्यार्थी संख्या १० जना रहेका छन् ।
शुकदेव चौधरीको ३.९४,प्रशान्ता पोखरलको ३.९२, पियुस अग्रहरीको ३.९१, प्रशन्न पाण्डेको ३.९१, बिकल्प पाण्डेको ३.९, विनय शर्माको ३.९, हिरा कार्कीको ३.९, पियुस कार्कीको ३.९, प्रबल पोखरेलको ३.९ जीपीए रहेको छ ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार परीक्षामा सहभगाी विद्यार्थी मध्ये कुल कुल ९२ प्रतिशत विद्यार्थी ग्रेडेट भएका हुन ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२ ०६:२५
प्रतिक्रिया दिनुहोस्