Lumbini Rise
गुरु पद्मसम्भवको जन्म दिवस मनाइयो 

काठमाडौं –तिब्बती बौद्ध परम्परामा दोस्रो बुद्धको रुपमा चिनिने गुरु पद्मसम्भव (गुरु रिन्पोछे)को जन्म दिवस साउन १९ गते साेमबार भव्यताका साथ मनाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा मंगलबार  विशेष कार्यक्रम गरी मनाइएको हो ।

उक्त अवसरमा बोल्दै मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरुको संख्या विश्वमै बढिरहेको उल्लेख गरे । उनले नेपाल वेद र बुद्धको भूमि भएको स्मरण गराए । उनले भने –‘हामी बुद्ध र वेदको धरोहर बोकेको देश हौं, अब यसलाई सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ।’

मन्त्री पाण्डेले गुरु पद्मसंभवको योगदानको चर्चा गर्दै भने – “हिमाली बौद्ध परम्परालाई उहाँले अघि बढाउनु मात्रै होइन, त्यसको प्रचार–प्रसारमा समेत ऐतिहासिक योगदान गर्नुभयाे ।उहाँको योगदान आज विश्वभर फैलिएको बुद्ध दर्शनको एउटा महत्वपूर्ण आधार हो।”

उनले पहिलोपटक गुरु पद्मसंभवको जन्म दिवसलाई औपचारिक रूपमा कार्यक्रम गरी मनाउनु ऐतिहासिक कदम भएको बताउँदै यस्ता सांस्कृतिक र धार्मिक कार्यक्रमलाई आगामी दिनहरूमा अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पाण्डेले बुद्धको शिक्षालाई आजको संसारले अझै पनि ग्रहण गरिरहेको र त्यो क्रम बढ्दो रहेको उल्लेख गर्दै भने “भौतिक सम्पन्नता एक हदसम्म मात्र सन्तुष्टि दिन सक्छ, तर अन्तर्मनको शान्ति बुद्धमार्गबाट मात्र सम्भव हुन्छ।”


नेपालको ऐतिहासिक, धार्मिक र आध्यात्मिक सम्पदाको संरक्षण, प्रचार–प्रसार र विश्वसामु प्रभावकारी प्रस्तुतिकरण नेपाल सरकारको प्राथमिकतामा रहेको पनि उहाँले स्पष्ट पारे । 

बौद्धनाथ क्षेत्र विकास समितिले गुरु रिन्पोछेको जन्म दिवसको अवसरमा साउन १९ गते  सोमबार बौद्ध महाचैत्य आसपासका विभिन्न स्थलहरूमा महाकाल, तीनचुली र घ्योइलिसाङ पोखरी (गुरु पार्क) मा विशेष पूजाअर्चना गरिएको थियो । 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update