
लुम्बिनी– लुम्बिनी साँस्कृतिक नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । विधालय सचालन व्यवस्थापन र शैक्षिक सुधारका लागि शिक्षक, प्रधानाध्यापक, विधालय व्यवस्थापन समिति, अभिभावक, शिक्षा शाखा, नगरपालिकाको भुमिका र जिम्मेवारी लगायतका बिषयमा छलफल गरिएको हो ।
नगर प्रमुख सजरुद्दिन मुसलमानको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवाली, उपसचिव हरि प्रसाद ज्ञवालीको विशेष उपस्थितिमा शाखा प्रमुखहरु र सामुदायिक विधालयका प्रधानाध्यापकहरुको उपस्थितिमा छलफल गरिएको छ । विधालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धि सुधारका लागि बिधालय प्रधानाध्यापक र लुम्बिनी सास्कृतिक नगरपालिका बिच कार्य सम्पादन करार सम्झौता गरिएको छ ।
करार सम्झौताको कार्य विवरण, वार्षिक लक्ष्य, मापन गर्ने आधार बारे योजना निर्माण सम्बन्धि, शैक्षिक गुणस्तर बृद्धी सम्बन्धि, व्यवस्थापकिय क्षेत्र, निरिक्षण, अनुगमन तथा सुपरिवेक्षण आदि विषयमा उपसचिव हरि प्रसाद ज्ञवालीले स्पष्ट पारे ।
नगर प्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले प्रधानाध्यापकहरुलाई मार्गनिर्देशन गर्दै अब शैक्षिक सुधारका लागि लाग्न निर्देशन दिए । कार्यक्रममा शिक्षा अधिकृत लक्ष्मी पराजुलीले प्रस्ताव पेश गरिन भने कार्यक्रमको सहजिकरण सहायक शिक्षा अधिकृत प्रमिला पछाई रायमाझिले गरेकी थिईन । छलफल मंगलबार गरिएकाे हो ।