Lumbini Rise
कक्षा १२ काे नतिजा : बुटवलका कुन विद्यालयबाट कति उतीर्ण, कस्काे कति जिपिए (हेर्नुहाेस तथ्यांक) 

बुटवल– राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ (एसएसली) को नतिजामा बुटवल क्षेत्रका विद्यालयहरुको नतिजा उत्कृष्ट देखिएको छ। सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा उत्कृष्ट रहेको बुटवल उपमहानगर शिक्षा महाशाखाले निकालेको तथ्यांकले देखाएको छ।

सामुदायिक सरकारी विद्यालयतर्फ १४ वटा विद्यालयका ३ हजार १ सय ८७ विद्यार्थी उत्कृष्ट जिपिएका साथ उतीर्ण भएका छन् । ३.२५ देखि ३.९६ ल्याउने १३ जना विद्यार्थी छन् ।

४ हजार २५२ विद्यार्थी परीक्षामा सामेल भएकोमा ८३६ जनाले ग्रेडबृद्धि गर्नुपर्नेछ । यस्तै संस्थागत विद्यालय तर्फ २ हजार ४४४ विद्यार्थीले उत्कृष्ट जीपिएका साथ उतीर्ण भएका छन् ।

बुटवल उपमहानगरपालिकाका शिक्षा अधिकृत कोपिला ज्ञवालीले एक सूचना निकाल्दै १७ जना विद्यार्थीले ३.६ देखि ३.९६ सम्म १७ जनाले उत्कृष्ट अंक ल्याएर कक्षा १२ उतीर्ण गरेका छन् । 

हेर्नुहाेस तथ्यांक 

527976038_639476912561045_6750362699721103326_n-1754560447.jpg


 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update