Lumbini Rise
कक्षा १२ काे नतिजामा नेपाल प्रथम र द्वितिय दावी सहित दीप बोर्डिङद्वारा विद्यार्थी सम्मान

वुटवल– बुटवल स्थित दीप बोर्डिङ हाई स्कूलबाट कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएको भन्दै विद्यार्थी र अभिभावकलाई शुक्रबार सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजु र प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीलाई सम्मान गरेका हुन् ।  राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षामा  दीप बोर्डिङका सञ्जोग राजभण्डारीले ३.९६ जीपीए प्राप्त गरी नेपाल प्रथम भएको विद्यालयले दावी गरेको छ ।

यसैगरी अर्का विद्यार्थी उत्सवराज भट्टराईले ३.९५ जी।पि।ए। प्राप्त गरी नेपाल दोस्रो भएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताए ।

उनका अनुसार दीप बोर्डिङले यसअघि पनि उत्कृष्ट नतिजा निकाल्दै आएकोमा यो पटक नेपालमै सर्वाधिक अंक सहितउत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। १७८ जना परीक्षार्थीमध्ये संजोग नेपाल प्रथम र उत्सव नेपाल दोस्रो भएको आफूहरुको दावी रहेको प्रधानाध्यापक न्यौपानेले बताए ।

दीपबाट १७८ मध्ये १८ जनाले ए प्लस, ६७ जना उ, ५५ जनाले वि प्लस र ३० जना विद्यार्थीले बि जिपिए ल्याएको जनाएको छ । बुटवल उपमहानगरभित्रका संस्थागत विद्यालयहरुमा सबेभन्दा धेरै विद्यार्थी उतर्णि गराएर दीपले उतीर्ण गराएर प्रथम हुन सफल भएको छ ।  
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुले  दुई मेधावी विद्यार्थीहरू नर्सरी कक्षादेखि नै विद्यालयमा अध्ययन गरी कक्षा १२ मा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बधाई दिए ।

उनले विद्यार्थी र शिक्षकहरुलाई बधाई दिदै आगामि दिनमा पनि दीपले आफ्नो गुणस्तरीय शिक्षाको प्रतिबद्धता कायम गर्ने बताए ।  उक्त अवसरमा एसईई परीक्षामा चार जिपिए ल्याएका  छात्रा सक्रिना कुँवर र छात्र सुधांशु शेखर झा र उनका परिवारलाई पनि सम्मान गरिएको थियो ।

विद्यालयले उत्कृष्ट नतिजा ल्याउने मेधावी  विद्यार्थीहरूलाई  विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आगामि  फागुन ५ गते सम्मान तथा पुरस्कार वितरण गर्ने उपप्रचार्य कलाधर अर्यालले बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update