
बुटवल – १० औं राष्ट्रिय रेफ्री,कोच सेमिनार तथा प्रथम युथ च्याम्पियनसिपमा नेपाल गोजु–रियो कराँते डो संघ, रूपन्देही ब्लड हाइलाइट शाखाका ४ जना खेलाडीले प्रथम र तृतीय गरि ५ वटा पदक जित्न सफल भएका छन् ।
नेपाल कराँते महासंघद्वारा यहि साउन २२ गते काठमाडौं सातदोबाटो,ललितपुरमा आयोजित प्रतियोगितामा विभिन्न पदक जित्न सफल भएका हुन् ।
नेपाल गोजु-रियो कराँते डो संघ, रूपन्देही अन्तर्गत बेलवास कराँते एकेडमी र सैनामैना कराँते एकेडमीका खेलाडीहरुले पदकहरु चुमेको रूपन्देही शाखाका सचिव तथा बेलवास कराँते एकेडमीका प्रमुख प्रशिक्षक मनिष पाण्डेले जानकारी दिए । १० बर्षमुनीको ३० केजीतर्फ कुमिते र एकल कातातर्फ अंकिता थापाले क्रमश स्वर्णपदक र कास्यपदक हात पारेकी छन्।
यसैगरी १२ बर्षमुनीको ३५ केजीतर्फको कुमिते जेनिसा शिरिसले स्वर्णपदक, १० बर्षमुनीको एकल काता तर्प ओन्स श्रेष्ठले कांस्यपदक र १४ बर्षमुनीको कुमितेतर्फ दिया गौडेलले कास्यपदक हात पारे ।
यस च्याम्पियनसिपबाट प्रथम हुने २ जना खेलाडी अंकिता थापा र जेनिसा शिरिस चीनको साउगुनमा हुन गहिरहेको २३ औं एसियाली, क्याडेट, जुनियर र यू २१ कराते च्याम्पियनसिपमा छनोट भएको नेपाल गोजु-रियो कराँते डो संघ, रूपन्देही शाखाका सचिव तथा बेलवास कराँते एकेडमीका प्रमुख प्रशिक्षक पाण्डेले बताए ।
च्याम्पियनसिपमा कुल ८सय भन्दा धेरै प्रतिस्पर्धीहरूका विच भएको थियो ।